काठमाडौँ ।
नायक धिरज मगर झरना थापाले निर्देशन गर्ने चलचित्र ‘‘भगवत् गीता’मा अनुबन्धित भएका छन् । अब उनले यस चलचित्रमा नायिका सुहाना थापासँग जोडी बाँध्नेछन् । आइतबार उनले चलचित्र टिमसँग सम्झौता गरेका हुन् ।

छायांकनमा जान तयार यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गर्दैछन् ।
यसअघि नायक अनमोलले यो चलचित्रमा अभिनय गर्ने चर्चा चलेको थियो । केसी र सुहानाले ‘ए मेरो हजुर ३’मा काम गरेका थिए ।