काठमाडौँ ।
आइतबार सुनिल कुमार थापाले बनाउने तथा झरना थापाले निर्देशन गर्ने चलचित्र “भगवत् गीता”मा नायक धिरज मगरले काम गर्ने सम्झौता गरेका छन् । उनले चलचित्रमा नायिका सुहाना थापासँग जोडी बाँध्ने भएपछि धिरजसँगै नायक अनमोल केसीको पनि चर्चा चलेको छ ।
यसअघि केसीले काम गर्ने चर्चाबीच मगर अनुबन्धित भएपछि टीममा केहि लफडा परेको अनुमान धेरैले गरेका थिए । तर। नायक केसीले एक कदम अघि सर्दै त्यो हल्ला हल्ला मात्रै भएको र सम्बन्ध सुमधर रहेको पुष्टी गरेका छन् ।
निर्माता थापाले आफ्नो चलचित्र निर्माण कम्पनी सुहाना इन्टरटेन्मेन्टको पोष्ट शेयर गर्दै धिरजलाई “भगवत् गीता” टिममा स्वागत गरेका थिए । उक्त पोष्टमा कमेन्ट गर्दै अनमोलले टिमलाई बधाई दिँदै शुभकामना दिएका छन् ।
हेर्नुहोस् उक्त पोष्ट र केसीको कमेन्टः