‘वेलकम टु हेम्जाकोट’ले जित्यो अवार्ड



काठमाडौँ ।
काठमाडौंमा आयोजित चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा नेपाली चलचित्र ‘वेलकम टु हेम्जाकोट’ उत्कृष्ट नेपाली चलचित्र बनेको छ ।

तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ३४ देशका विभिन्न विधाका ७२ अन्तराष्ट्रिय फिल्म तथा नेपालका ३४ फिल्महरु सहभागि भएका थिए । चलचित्र विकास बोर्डको हलमा आयोजित समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट भएका राष्ट्रिय अन्तर्राष्ट्रिय फिल्महरुलाई अवार्ड प्रदान गरिएको थियो ।

अवार्ड जितेपछि निर्देशक सरोज पौडेल

‘वेलकम टु हेम्जाकोट’मा विनोद न्यौपाने, बुद्धि तामाङ, शारदा गिरी, अम्बिका तामाङ, सुजैरा कार्की, अस्मिता पन्त, बिशाल पहाडी, रबि गिरी, सन्दिप सिग्देल र स्वर्गिय जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ । तेजप्रसाद दाहालको प्रस्तुतिमा सुमन खड्का कार्यकारी निर्माता रहेको फिल्ममा जितेन्द्र गिरी निर्माताको रुपमा छन् ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रवीण राई, रिता परियार, रमेश चापागाँई, सुदीप पोखरेल, सुनील पोखरेल, महेश प्रसाईँ, आइतराम तामाङ, सशांक खड्का, गोपाल सानु र युवराज कट्वाल सहनिर्माता रहेका छन् ।

महोत्सवमा आफूले निर्देशन गरेको पहिलो फिल्मले नै उत्कृष्ट फिल्मको अवार्ड जितेछि निर्देशक सरोज पौडेलले खुशी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu