चलचित्र ‘सरी मम’को ट्रेलर सार्वजनिक



काठमाडौँ ।
पारिवारिक कथामा बनेको भएको नेपाली चलचित्र ‘सरी मम’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा लागुऔषध दुर्व्यसनी विरुद्धको आवाज बोल्ने यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

एनएफआई कृयशनको ब्यानरमा निर्माण भएको यो चलचित्र युवा तथा किशोरावस्था उमेरका दर्शक लक्षित छ । कार्यक्रममा बोल्दै मुख्य कलाकार सरिता लामिछानेले बर्षौदेखि पर्दा पछाडि रहेर नेपाली चलचित्रको लागि क्रियाशिल प्राविधिकहरूको टिमले तयार गरेको फिल्ममा मेहनत र सन्देश जोडिएको बताइन् ।

निर्माता विनोद लामाले आँखा अगाडी परिरहने समाजको कथालाई टिपेर फिल्म ‘सरी मम’ तयार गरेको बताए । कथा लेखक समेत रहेका लामाले सार्वजनिक प्रदर्शनीसँगै च्यारेटी प्रदर्शनीको माध्यमबाट समेत गरि लक्षित वर्गमा फिल्म पुर्याउने र त्यसको लागि सबैको सहयोग आवश्यक रहेको बताए । नेपाली हलमा पर्ने हलिउड फिल्म ‘अवतार’को प्रभावपछि फिल्मको प्रदर्शन मंसिर २९ बाट सरेर अब माघ ५ लाई तोकिएको लामाले बताएका छन् ।

नविन बोगटीको निर्देशनमा बनेको फिल्ममा सरोज खनाल र सरिता लामिछाने, एलिस राई, प्रभात पल , प्रेविल कडेल , आरबि कटुवाल , बिहान श्रेष्ठ, युनिसा बजगाइँ , रेजिना मगर , सरोज बखुरेल, लालमणि भण्डारी अभिनयमा छन् । यो फिल्ममा दिर्घ गुरुङको छायांकन र प्रितम पाण्डेको सम्पादन छ । आयुष वुढाथोकी र सरोज पौडेलले लेखेको फिल्मका निर्मातामा सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ पनि छन् ।

यो फिल्मको निर्माण र प्रदर्शनीमा सहकार्य गर्दै शिक्षा र दुर्व्यसनी विरुद्धको यात्रामा जोडिएका संस्थाहरू नेपाल जेसिज, नार्कोनान नेपाल, प्याब्सन , एन-प्याब्सन , हिसान , शिक्षक महासंघ लगायत निर्माण ब्यानरसँग जोडिएका छन् ।

ट्रेलरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu