काठमाडौँ ।
पौष २९ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र‘गुञ्जन’ले नयाँ पोष्टर सार्वजनिक गरेको छ । पोष्टरमा कलाकारद्वय सारा सिर्पाईली र प्रितमराज सेन्चुरीलाई रोमान्टिक मुडमा राखिएको छ ।

दुई दशकदेखि चलचित्रमा द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनले यो चलचित्र निर्देशन गरेका हुन् । प्रितमराजले पनि यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेका हुन् ।
सारा र प्रितमको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।