बालेनलाई नमस्कार नफर्काएको आरोपमा बोले निश्चल



काठमाडौँ ।
हाल टिकटक लगाएतका सामाजिक संजालहरुमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन र चलचित्र निर्देशक निश्चल बस्नेतको छोटो भिडियो क्लिप भाइरल छ । भिडियोमा झट्ट हेर्दा बालेनले गरेको नमस्कार निश्चलले नफर्काएको जस्तो देखिन्छ । उक्त भिडियोलाई लिएर संजालहरुमा भएका टिकाटिप्पणीप्रति निर्देशक बस्नेतले खण्डन गरेका छन् ।

उनले बालेनले मेयरको चुनाव लड्ने समयमा खिचिएको भिडियोलाई यथार्थ नबुझी अनर्गल प्रचार गरेकोमा आपत्ती जनाएका हुन् । फेसबुकमा स्टाटस लेख्दै उनले कसैको चरित्र हत्या गर्न सजिलो भएको महशुस गरेको बताएका छन् ।

पढ्नुहोस् उनले लेखेको स्टाटस जस्ताको त्यस्तैः
कसैको character assassination गर्न कति सजिलो भाको रैछ आजकल। भिडियो क्लिप निकाल्यो, आफूलाई मनलागेको text लेख्यो अनि सुरु हुन्छ खेला । गाली गलौच गर्नलाई औंला चिलाईहल्छ… “खाते काले, चुतिया , respect गर्न नसक्ने *जी , तेरो फिल्म बहिष्कार गर्नु पर्छ, यस्ता पनि कलाकार रे !! यस्तै अनेकौं, अझ कडा शब्दहरू…
बालेन् ले गरेको नमस्कार मैले नफर्काएर ignore गरें भन्दै tiktok मा एउटा भिडियो भाइरल हुँदै रैछ । साथीभाइ ले आफन्त ले पनि प्रश्न गर्न थाले के गरेको तैंले भन्दै । त्यै भएर लेख्दैछु ।
Balen लाई mayor बनाउन campaign चलिरहेको बेला काे कथा हो यो, चिसो ashtray film काे premiere काे समय ।
७-८ महिना अगाडि काे भिडियो हो त्यै बेला काे इभेन्ट काे । Balen र मेरो भेट अगाडि नै भएर सँग सँगै थियौं, अरु चिनजान भएका साथी आउँदा उनले अरूलाई, मैले अरूलाई greet गरिरहेका थियौं।
कथा सकियो !
हाम्रो mayor ज्यू लाई मैले respect गरिन रे , त्यै भएर i deserve all kind of hateful messages हैन त ?
***सत्य के हो मतलब भएन… गाली गर्न पाएपछि पछि हट्नु हुन्न है । ***
धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu