काठमाडौँ ।
लामो समयदेखि विवादमा फसिरहेको नेपाली चलचित्र ‘प्रसाद २’को छायांकन अन्ततः सुरु भएको छ । बिहिबारदेखि छायांकन सुरु यो चलचित्रको कास्कीको माछापुछ्रे गाउँपालिकामा ४० दिनसम्म छायांकन चल्नेछ । यसअघि पहिलो दिनको छायांकन सुरु हुँदा हुँदै चलचित्र छायांकन रोकिएको थियो । अब भने नायिका नम्रता श्रेष्ठलाई केकी अधिकारीद्वारा रिप्लेस गराउँदै छायांकन सुरु गरिएको हो ।

बिहिबार बिहान मुख्य कलाकारहरु नायक विपिन कार्की र नायिका केकी अधिकारीले मुहुर्त सर्ट दिएका थिए । सुदर्शन थापाको निर्देशनमा तयार हुने चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डे लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको ध्वनी, राजनराज सिवाकोटीको संगीत रहनेछ । चलचित्रलाई संचारकर्मी सुशिल पौडेलले लेखेका हुन् ।
एस.जी फिल्मस् र सुलभ थापा प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई सुदर्शन बस्नेतले निर्माण गर्दैछन् । सुवास थापा चलचित्रका प्रस्तुतकर्ता हुन् ।