काठमाडौँ ।
व्यापारिक रुपमा सफल चलचित्र ‘२ नम्बरी’पछि निर्माता किरण नेपालीले अभिनेता दयाहाङ राईलाई नयाँ चलचित्रमा अनुबन्धित गरेका छन् ।

सिमोस सुनवारले निर्देशन गर्न लागेको चलचित्र ‘हात्तीछाप’मा राईले प्रमुख अभिनय गर्ने भएका हुन् । अन्य कलाकार भने फाइनल गरिएको छैन । यसमा प्रदीप भारद्वाजको लेखन रहेको छ । यसको छायांकन चैत्रबाट सुरु हुने बताईएको छ ।


