१० करोड बढि कमाउँदै ‘महापुरूष’ले रच्यो ५१ दिनको इतिहास



काठमाडौँ ।
प्रदिप भट्टराई निर्देशित नेपाली चलचित्र ‘महापुरूष’को आज प्रदर्शनको ५१औँ दिन हो । यो चलचित्र निरन्तर काठमाडौँसहित मोफसलका केही हलहरूमा प्रदर्शनको यो इतिहास कायम गरेको हो । कोभिड-१९ को महामारी पश्चात नेपाली चलचित्रको बजार पुन: स्थापनामा यो चलचित्रले महत्वपूर्ण इट्टा थप गरेको हो ।

पहिलो विकेन्ड अर्थात् तीन दिनमा साढे ३ करोड आसपासको कलेक्सन गरेको यो चलचित्रले ५१औँ दिनसम्म पुग्दा नेपालको हल रिलिजबाट मात्र १० करोड बढीको ग्रस कलेक्सन गरिसकेको कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाले बताए ।

नेपालसँगै संयुक्तराज्य अमेरिका, अष्ट्रेलिया तथा युरोपका केहि मुलुकहरुमा प्रदर्शन भइरहेको यो चलचित्रले केहि दिनअगाडीदेखि मध्यपूर्वी देशहरू कतार, ओमान, बहराइन र युएईमा समेत प्रदर्शन सुरू गरेको छ ।

‘महापुरुष’को एक दृश्यमा हरिबंश आचार्य

चलचित्र हेर्न आउने दर्शकको सन्तुष्टीबाट पाएको सफलता र प्रेमलाई व्यक्त गर्ने कुनै शब्द नभएको निर्देशक भट्टराईले बताए । यो चलचित्रले परिवारलाई जोड्ने काम समेत गरिरहेको छ । हाम्रो चलचित्र हेर्न परिवार जम्मा भएर आइरहनु भएको छ । चलचित्र हेर्ने बहानामा उहाँहरूको घुमघाम समेत भइरहेको छ’ उनले भने । निर्माता म्याक्स दीपेश खत्रील दर्शक प्रति कृतज्ञता व्यक्त गरे ।

आठौँ हप्तामा चलचित्रले मल्टिप्लेक्स चेन क्युएफएक्स, कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिज, जमलमा रहेको विश्वज्योति सिनेप्लेक्स, गोंगबुमा रहेको बिएसआर मुभिज, किर्तिपुर सिनेप्लेक्स, न्युरोडमा रहेको रन्जना सिनेप्लेक्स, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफ र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युब समेत शो छ । बानेश्वरमा र कालिमाटीमा रहेको वान सिनेमाज आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मल हलमा समेत चलचित्र प्रदर्शनरत छ ।

‘महापुरुष’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् । चलचित्रमा एक्लोपनको कथा देखाइएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा यो चलचित्र बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu