चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक



काठमाडौँ ।
रमेश एमके पौडेलले निर्देशन गरेको नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रमुख अभिनय रहेको छ ।

पुष २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा साम्राज्ञी र पुष्प सँगै सन्दिप क्षेत्री, खड्क बहादुर पुन, इमिली लामा, सरोज खनाल, दिपाशा विसीलगायतको अभिनय रहेको छ भने विशेष भूमिकामा कलाकार ध्रुव दत्तले अभिनय गरेका छन् । चलचित्रमा निर्देशक पौडेल स्वंयमको कथा, गीत र निर्माण छ ।

आर्यन फिल्मस तथा बोधी एचडी अमेरिकाको ब्यानरमा निर्मित चलचित्रको निर्मातामा पासाङ लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् । कार्यकारी निर्माता सविर श्रेष्ठको पटकथा तथा संवाद रहेको चलचित्रमा शिव ढकालको छायांकन, योगेशसँगै सुभाष भुषालको संगीत छ ।

ट्रेलरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu