हरर चलचित्र ‘चि मुसी चि’को ट्रेलर रिलिज



काठमाडौँ ।
नेपाली हरर चलचित्र ‘चि मुसी चि: इभन डेड डिजायर बिलोङ्गिङ’को ट्रेलर रिलिज गरिएको छ । बुधवार काठमाडौँमा पत्रकार भेटघाट गर्दै २ मिनेट ५२ सेकेण्ड लामो ट्रेलर रिलिज गरिएको हो ।

ट्रेलरमा एक अदृश्य शक्तिसँग बच्न पात्रहरुले गर्नु परेको संघर्ष देखाइएको छ । मिर्ना जेम्स र यश सैनी निर्देशित यो चलचित्रमा मिर्ना र यश कै कथा/पटकथा रहेको छ भने ऋचा शर्मा, प्रियंका कार्की, बेनिशा हमाल, आयुषमान देशराज जोशी, रविन्द्र झा, राजन खतिवडा, गौरव विष्ट, अरुण चक्रवर्तीलगायतका कलाकारहरुको अभिनय छ ।

यो चलचित्र पुष २२ देखि प्रदर्शनमा आउदैछ । यसमा सुशन प्रजापतिको छायांकन र यश सैनीको सम्पादन रहेको छ । एमी स्टुडियोको व्यानरमा अरुण चक्रवर्तीको प्रस्तुति रहेको छ भने रिञ्जु केसीसँगै अरुण चक्रवर्तीले लगानी गरेका छन् ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu