मानव अधिकार चलचित्र महोत्सवमा ‘फोर नाइट्स’ र ‘आइरन डिगर’ उत्कृष्ट



काठमाडौँ ।
काठमाडौँमा आयोजित ‘१० औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सम्पन्न भएको छ । बुधवार सम्पन्न महोत्सवमा नेपाल पानारोमातर्फ दिपक रौनियार निर्देशित चलचित्र ‘फोर नाइट्स’ उत्कृष्ट फिक्सन चलचित्र घोषित भएको छ । डकुमेन्ट्री विधातर्फ अनिल बुढामगर निर्देशित ‘आइरन डिगर’ उत्कृष्ट बनेको छ ।

बगंलादेशी निर्देशक जुबोराज सामिमको चलचित्र ‘द इन्सटिन्क्ट’ अन्तर्राष्ट्रिय फिक्सन विधातर्फ उत्कृष्ट भयो । अन्तर्राष्ट्रिय नन–फिक्सन प्रतिस्पर्धातर्फ फिनल्यान्डका निर्देशक निर्देशक लिरिस हेर्माको डकुमेन्ट्री ‘सेपहर्डस अफ द अर्थ’ उत्कृष्ट ठहरियो ।
त्यस्तै महोत्सवमा सम्राट खनाल निर्देशित फिल्म ‘थ्रु द सिंगिंग भिलेजेज एण्ड डेथ्स् अन एक्सप्लेन्ड’, पिंकी श्री रानामगरको ‘हजुर’, रुसी फिल्ममेकर डेर्या डेनिजको हेजा(स्ट्रेन्थ), टर्किस् फिल्ममेकर सेरहत कारास्लान्टको ‘द क्रिमिनल्स’, जर्मनको फिल्ममेकर सेन्गिज अकेगनका ‘आयसा’ र अमेरिकी फिल्ममेकर किरा डेन तथा काटोल्यन रोबेलोको संयुक्त निर्देशन बनेको ‘मिजुको’ ले विभिन्न विधामा स्पेसल मेन्सन अवार्ड पाएका छन् ।

यस संस्करणमा २५ देशका ६४ फिल्म प्रदर्शन गरिएको थियो । ‘जलवायु परिवर्तन र पर्यावरण न्याय’को नारासहित पुस ३ देखि ६ सम्म राजधानीको नेपाल पर्यटन बोर्ड र रिपोर्टस् क्लबको हलमा फिल्महरु प्रदर्शन गरिएको थियो ।

महोत्सवका दौरान भारतीय वृत्तचित्र निर्देशक अनिर्वाण भट्टचार्यले ‘लुकेर बसेका कथाहरूलाई कसरी वृत्तचित्रमा प्रस्तुत गर्ने ?’ विषयक मास्टर क्लास दिएका थिए । त्यस्तै, ‘जलवायु परिवर्तन र न्यायसम्बन्धी’ विषयमा मानव अधिकारकर्मी, विज्ञ तथा चलचित्रकर्मीहरुबीच प्यानल छलफल पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu