प्रतिक्षित चलचित्र ‘गोर्खा वारियर’को टिजर रिलिज



काठमाडौँ ।
नेपाली चलचित्र ‘गोर्खा वारियर’को टिजर रिलिज गरिएको छ । बिहिबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच सन् १९४९ मा भएको मलाया युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीलाई प्रस्तुत गरेको यो चलचित्र टिजर सार्वजनिक गरिएको हो ।

टिजर रिलिज भएसँगै यसले हलीउड चलचित्रको झल्को दिएको प्रतिक्रिया आईरहेका छन् । नेपाली चलचित्रको स्तर बढेको देख्दा खुशी लागेको टिजर हेरेका दर्शकले बताएका छन् । टिजरले दिलाएको विश्वासलाई चलचित्रले पनि कायम राख्न सफल हुनेमा निर्माण पक्ष विश्वस्त देखिएको छ ।

मिलन चाम्सले निर्देशन गरेको यो चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशिष गुरुङलगायतको अभिनय छ । सन् २०२३ मा रिलिज हुने यो चलचित्र नेपाली, हिन्दी र अंग्रेजी भाषामा प्रदर्शन हुने निर्देशक चाम्सले बताए । साथै उनले बेलायतमा १० हजार दर्शकको उपस्थितिमा प्रिमियर गरिने जानकारी गराए ।

यो चलचित्रको छायांकन नेपाल र मलेशियामा गरिएको थियो । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता सुस्मिता वाइवा र सुमन राई हुन् । प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेका छन् भने सह-निर्माता सुरेश राई हुन् । मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व, समिर मियाँको भिएफएक्स रहेको छ ।

टिजर हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu