काठमाडौँ ।
पुस २९ गते रिलिज हुने नेपाली चलचित्र ‘गुञ्जन’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम, बिछोड र बदलाको कथा देखिन्छ ।
तीन मुख्य कलाकार सारा सिर्पाली, प्रितमराज सेन्चुरी र कबिर खड्का ट्रेलरमा देखिन्छन् । अष्ट महर्जनको निर्देशन रहेको चलचित्रमा सारा र प्रितम, करिबको अलवा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ ।

विगत २ दशकदेखि चलचित्रको द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनको यो निर्देशन डेब्यु चलचित्र हो । प्रितमराजले पनि यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेका हुन् ।
हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्र ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । विशुद्ध प्रेमकथामा निर्माण भएको चलचित्रको वितरण काठमाडौंमा जीजीए ग्रुप र काठमाडौं बाहिर एफडी कम्पनीले गर्दैछ ।
ट्रेलरः