काठमाडौँ ।
नेपाल चलचित्र कलाकार संघले नेपाल चलचित्र संघले पौष ६ गते जारी गरेको बक्तव्यका सन्दर्भमा आफ्नो ध्याकार्षण भएको जनाएको छ । शुक्रबार प्रेस विज्ञप्तीमार्फत संघले नेपाली चलचित्रको संरक्षण, सम्वर्धन र पेशाकर्मीको हकहित र उत्थानको लागि सदैव कटिबद्द रहेको बताउँदै संघले विदेशी चलचित्रको पक्षपोषण नगर्ने जनाएको छ ।

“चलचित्र विकास बोर्ड नेपाली चलचित्र उद्योगको विकास र विस्तारका लागि स्थापना भएको सरकारी निकाय हो । चलचित्र क्षेत्रका विभिन्न वर्गीय संस्थाहरुले आफ्ना समस्या र मागहरु हाल सम्म बोर्ड मार्फत नै समाधान गर्ने र सम्बोधन गराउने परम्परा रहि आएको छ । वार्ता मार्फत नै हरेक समस्या समाधान भएका छन्”, पौष ८ गते बसेको संघको बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ, “यस सम्बन्धमा बोर्ड र चलचित्र संघ संवेदनशिल भई वार्ताद्वारा समाधान गर्न संघ जोडदार अपिल गर्दछ ।”
संघले चलचित्र संघलाई विरोध कार्यक्रम भन्दा वार्ता तर्फ अग्रसर हुन अनुरोध गरेको छ ।
