काठमाडौँ ।
भारतिय अभिनेता तथा व्यापारी सुनिल सेट्टीले नेपाल अत्यन्त सुन्दर रहेको र आफुलाई निकै मन पर्ने बताएका छन् । मिस इन्टरनेशनल नेपाल २०१७ विजेता मोडल निति शाहसँगको भेटमा सेट्टीले नेपालको चर्चा गरेका हुन् ।
शनिबार उनिहरुको भेट शाहको पारिवारिक जमघटमा भएको थियो । स्रोतका अनुसार भारतको मुम्बईमा भएको पारिवारिक जमघटमा सेट्टीलाई पनि आमन्त्रित गरिएको थियो । जमघटमा सहभागि हुने क्रममा उनले नेपाली चलचित्रमा काम गर्ने चाहना रहेको बताए । शाहको परिवारका केहि सदस्यहरु मुम्बई बस्दै आएका छन् ।

यसअघि तीन नेपाली अभिनेताहरु सौगात मल्ल, अनमोल केसी र पुष्प खड्काले एकसाथ अभिनय गर्ने भनिएको नेपाली चलचित्र ‘एक्स नाइन’मा सेट्टीले काम गर्ने बताईएको थियो । यसका निर्देशक मुकुन्द भट्ट र निर्माता विरेन कुँवरले सेट्टीसँग भेट गरेका थिए । त्यतिबेला उनि चलचित्रलाई लिएर सकारात्मक थिए । तर, प्राविधिक कठिनाई भन्दै निर्देशक भट्टले छायांकन सारेका थिए ।