काठमाडौँ ।
नेपाल चलचित्र निर्देशक समाजले चलचित्र विकास बोर्डविरुद्द आन्दोलनको चेतावनी दिईरहेको चलचित्र हल संचालकहरूको छाता संगठन नेपाल चलचित्र संघलाई वार्ताद्वारा समस्या समाधान गर्न आग्रह गरेको छ ।
आइतबार बसेको समाजको बैठकले संघले मंसिर ६ गते जारी गरेको बक्तव्यमा समाजको ध्यान आकृष्ट भएको जनाउँदै प्रेस विज्ञप्ती जारी गरेको छ । विज्ञप्तीमा बेला बेलामा चलचित्र क्षेत्रमा देखापर्ने समस्याहरुलाई समाधान गर्न वार्ता नै एक बलियो माध्यम भएको उल्लेख गर्दै दुवै पक्ष संवेदनशिल रहि समस्या समाधान गर्न आह्वान गरिएको छ ।

बोर्डसँग वार्तामा नआई सिधै संचार मन्त्रालयमा पुग्ने चेतावनी दिदै आएको संघले ‘चलचित्र सेन्सरको लागि सात दिन अगावै सिफारिस लिनुपर्ने’, ‘विश्वकप फुटबल हलमा देखाउन नदिएको’ तथा’ राती ११ बजेपछि हल संचालन गर्दा बोर्डलाई जानकारी गराउनुपर्ने’ नियम हटाउन माग गरेको छ ।
हेर्नुहोस् विज्ञप्तीः
