काठमाडौँ ।
पौष २२ गते रिलिज हुने नेपाली चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक कथा बोलको गीतमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, ऋचा शर्मा, बेनिशा हमाल र राजन खतिवडा स्थान दिइएको छ ।
यस गीतमा बिराज गौतम र त्रिशला गुरुङको स्वर रहेको छ भने रोहित शाक्य र बिराज गौतमको संयुक्त संगीत र सौरभ श्रेष्ठ र बिराज गौतमको संयुक्त शब्द रचना रहेको छ ।

मिर्ना जेम्स र यश सैनी निर्देशित यो चलचित्रमा मिर्ना र यश कै कथा/पटकथा रहेको छ भने ऋचा शर्मा, प्रियंका कार्की, बेनिशा हमाल, आयुषमान देशराज जोशी, रविन्द्र झा, राजन खतिवडा, गौरव विष्ट, अरुण चक्रवर्तीलगायतका कलाकारहरुको अभिनय छ ।
यसमा सुशन प्रजापतिको छायांकन र यश सैनीको सम्पादन रहेको छ । एमी स्टुडियोको व्यानरमा अरुण चक्रवर्तीको प्रस्तुति रहेको छ भने रिञ्जु केसीसँगै अरुण चक्रवर्तीले लगानी गरेका छन् ।
गीत हेर्नुहोस्ः