पोखरा पुगे पुष्प र साम्राज्ञी



काठमाडौँ ।
पौष २९ गते रिलिज हुने नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ले मोफसल टुर थालनी गरेको छ । मंगलबार पोखराबाट सुरु भएको टुर बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, बिर्तामोड सम्म पुग्नेछ ।

मंगलबार पोखरामा दर्शक तथा त्यहाँ सञ्चालनमा रहेका मिडियाकर्मीसँग अन्तर्क्रिया भएको थियो । त्यहाँको प्रतिक्रियाबाट ठुलो हौसला मिलेको अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले बताइन् । निर्देशक रमेश एमके पौडेलले टिजर, गीत र ट्रेलरबाट मिलेको प्रतिक्रियाले आफु र आफ्नो टिम निकै उत्साहित भएको बताए ।

निर्देशक पौडेल, अभिनेत्री शाहको साथमा अभिनेताद्वय पुष्प खड्का र सन्दिप क्षेत्री लगायत टुरमा निस्केका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu