लक्ष्मणको चलचित्रमा मलिकाले अभिनय गर्ने



काठमाडौँ ।
पत्रकार लक्ष्मण सुवेदीले निर्देशन गर्ने नयाँ चलचित्रमा अभिनेत्री मलिका महतले काम गर्ने भएकी छन् । दिलासा कृएसनको ब्यानरमा निर्माण हुने निर्माणाधिन चलचित्रको शीर्ष भूमिकाको लागि सम्झौता भएको बताए ।

सम्झौतापछि तस्वीर खिचाउँदै लक्ष्मण र मलिका

सुवेदीले शोसल मिडियामा मलिकासँगको सम्झौतापछिको तस्वीर सार्वजनिक गर्दै उक्त चलचित्रमा लेखन, गीत, निर्माण तथा निर्देशन आफ्नो रहने उल्लेख गरेका छन् । यद्यपी चलचित्रको नाम भने खुलाईएको छैन ।

सुवेदीका अनुसार अन्य प्रमुख कलाकारका लागि अडिसन आह्वान हुनेछ । यो चलचित्र फागुन पहिलो साता देखि छायांकनमा जानेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu