नायिका सुहाना थापाले चलचित्र वितरण गर्दै, पहिलो सम्झौता ‘गुलाबी’सँग



काठमाडौँ ।
अभिनेत्री तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी नायिका सुहाना थापाले चलचित्रको वितरण थालनी गरेकी छन् । उनले वितरण गर्ने पहिलो चलचित्र ‘गुलाबी’ बनेको छ ।

समुन्द्र भट्टको निर्देशन रहेको यो चलचित्रको प्रदर्शन अधिकार सुहानाले किनेकी हुन् । वितरण कम्पनी त्रिनेत्रम डिस्ट्रिब्युसनले यो चलचित्र वितरण गर्नेछ । यस कम्पनीमा अभिनेत्री थापा सीईओ हुन् ।

यसैगरी, गुलाबीको डिजिटल अधिकार भने ओएसआर डिजिटलले खरिद गरेको छ ।

दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रमा नाजिर हुसैन मुख्य अभिनेता छन् । पारलैङ्गिकताको कथामा बनेको यसमा नाजिरसँगै सुशिल सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणाले मुख्य भुमिकामा अभिनय गरेका छन् । फिल्मको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसैनले सहकार्य गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu