काठमाडौँ ।
अनमोल केसी स्टारर चलचित्र ‘छड्के २’ निर्धारित रिलिज मिति फागुन १९ बाट पछि नहट्ने संकेत गरेको छ । अंग्रेजी नयाँ पूर्वसन्ध्यामा नयाँ पोस्टर सार्वजनिक गरिएको, जसमा रिलिज मिति पूर्व निर्धारित नै रहेको छ ।
चलचित्र हलको सबैभन्दा ठुलो चेन ‘क्यूएफएक्स’ले एकैदिन दुई ठुला चलचित्र नजुधाउने भन्दै उक्त मितिमा चलचित्र ‘छक्का पन्जा ४’ रिलिज गर्ने निर्णय गरेको जनाएको थियो । उसको सो निर्णयलाई लिएर विभिन्न टिकाटीप्पणी चलिरहेको बेला ‘छड्के २’ले मिति नछोड्ने निर्णय गरेको हो ।

‘ठुलो चलचित्र छुट्टाउने मापदण्ड के हो ?’ भन्ने प्रश्न खेपिरहेको क्यूएफएक्सले चलचित्र हलप्रति चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी उदार नदेखिएको कारण उनका छोरा अनमोल केसी अभिनित ‘छड्के २’लाई सो मितिमा आफ्नो चेनमा नदेखाउने निर्णय गरेको भन्दै आलोचना झेलिरहेको छ । सो आलोचनालाई मध्यनजर गर्दै क्यूएफएक्सले यो निर्णय लिनुमा उक्त कुरा नभई नीतिगत निर्णय रहेको र सबै चलचित्रमा लागु उनले जनाएको छ ।
ग्याङस्टर श्रेणीको ‘छड्के २’को नयाँ पोस्टरमा अनमोलको भिन्न लुक्स देख्न सकिन्छ । नयाँ पोस्टरमा अन्य कलाकारहरुपनि फिचर्ड छन् । अनमोललाई आफ्नो समुहको नाइकेको रुपमा प्रस्तुत गरिएको छ ।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको सिनेमामा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन् । काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमासँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका सिनेमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।