‘फूलबारी’को गीतमा पारिवारिक प्रेमको आभास



काठमाडौँ ।
फागुन ५ देखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘फूलबारी’को लिरिकल गीत रिलिज गरिएको छ । रामबाबु गुरुङ निर्देशित यो चलचित्रको ‘माया रैछ र भर रैछ नि’ गीतले पारिवारिक प्रेमको आभास दिलाएको छ ।

गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द-संगीत रहेको छ भने काली र सदिक्षा कट्टेलको स्वर रहेको छ । यो चलचित्रमा बिपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, सोमनाथ खनाल, शिल्पा मास्के, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी सिंह भण्डारीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu