काठमाडौँ ।
बहुपति प्रथामा आधारित नेपाली चलचित्र ‘टुल्की’ चैत्र ३ गते रिलिज हुने भएको छ । देशभरका चलचित्र हलरुमा प्रदर्शनमा आउने यो चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ ।

हिमाली जिल्ला डोल्पामा खिचिएको यो चलचित्रको निर्देशन देवजङ्ग थापाले गरेका छन् । सुसिल अधिकारि र नमराज घिमिरेले छायांकन गरेका छन् । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्मातामा रहेका छन् । कथा लक्ष्मण सुनारले लेखेका हुन् भने स्क्रिन प्ले शेखर लामाको रहेको छ ।
चलचित्रमा सम्पादन तारा थापा किम्भेको, पार्श्व संगीत संजिव सुब्बाको,कोरियोग्राफी लिगेश भट्टराइ र रमेश बुढाथोकीको रहेको छ।