काठमाडौँ ।
चलचित्र ‘प्रसाद २’ निर्देशन गर्ने तयारीमा रहेको समयमा उक्त प्रोजेक्टबाट बाहिरिएका सौरभ चौधरीले चलचित्र ‘अगस्त्य’ निर्देशन गर्ने भएका छन् । डार्क हर्स इन्टरटेनमेन्ट प्रालीको ब्यानरमा निर्माण हुने यो चलचित्र प्रकास मल्ल र अनिस तामाङले बनाउन लागेका हुन् ।

केही नेपाली र केही भारतीय कलाकारको अभिनय रहने बताईएको चलचित्र सस्पेन्स थ्रिलर हुनेछ । ‘अगस्त्य’ च्याप्टर १ र च्याप्टर २ गरेर दुई भागमा निर्माण हुन लागेको बताईएको छ । दुवै भागका लेखक तथा निर्देशक चौधरी हुन् । चलचित्रको छायांकन नेपाल र भारतमा हुनेछ ।
राजेश श्रेष्ठको छायांकन रहने यो चलचित्रको छायांकन बैशाखको अन्तिमबाट सुरु हुनेछ । कलाकारहरुको छनौट हुन बाँकी रहेको छ । सौभरले यस अगाडि ‘लभ डायरिज’ फिल्म निर्देशन गरेका थिए ।