चैत्र ४ गते कलाकार संघको अधिवेशन हुने, निरौलाले अध्यक्षमा उम्मेदवारी दिने



काठमाडौँ ।
नेपाल चलचित्र कलाकार संघले आगामी चैत्र ४ गते १९ औँ अधिवेशन तथा कार्यसमितिको निर्वाचन गर्ने भएको छ । बुधबार बसेको कार्यसमितिको बैठकले वर्तमान कार्य समितिको पदावधी समाप्त भएकोले सोहि दिन निर्वाचन गर्ने तय गरेको जारी प्रेस विज्ञप्तीमा जनाईएको छ ।

अध्यक्ष पदका आकांक्षी मोहन निरौला

वि.सं. २०४५ भदौ २३ गते स्थापित संघको यसअघि २०७६ जेठ २५ गते भएको कार्यसमितिको निर्वाचनबाट अध्यक्षमा रविन्द्र खड्का चुनिएका थिए । यसपटकको निर्वाचनमा संघको स्थापनाकालदेखि विभिन्न पदमा सक्रिय रहेका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा रहेको छ । अन्य आकांक्षीहरु भने हालसम्म देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu