काठमाडौँ ।
यहि पौष २९ गते रिलिज हुने नेपाली चलचित्र ‘गुञ्जन’ का निर्माता हिराकृष्ण शाहीले दर्शकलाई फिल्म मननपरे टिकटको पैसा फिर्ता दिने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित ट्रेलर रिलिज कार्यक्रममा शाहीले चलचित्र एकदमै राम्रो बनेको दाबी गर्दै उक्त घोषणा गरेका हुन् ।
” यो चलचित्र एकदमै राम्रो बनेको छ । दर्शकले पनि रुचाउनेछन् भन्ने विश्वास छ”, उनले भने, “चलचित्र हेरेपछि कसैले मलाई मन परेन भन्छ भने उसले टिकटको पैसा फिर्ता पाउनेछ ।” उनले पैसा फिर्ताका लागि टिकटको कपी सहित आफुलाई सम्पर्क गर्न सक्ने बताए । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार सारा सिर्पाइली, प्रितमराज सेन्चुरी, करिब खड्का लगायको त्रिकोणत्मक प्रेमकथा देखाउन खोजिएको छ ।

यो चलचित्रलाई अष्ट महर्जनको निर्देशन गरेका हुन् । सारा र प्रितम र कबिरको अलवा फिल्ममा सरोज खनाल, हिउँवाला गौतम, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ ।
कार्यक्रममा निर्देशक अष्ट महर्जनले फिल्म निर्माणमा आफुले कुनै कसुर बाँकी नराखेको बताए ।
ट्रेलर हेर्नुहोस्ः