काठमाडौँ ।
‘सोल्टिनी’, ‘चण्डाल’, ‘भुतुक्कै भएनी’ जस्ता नेपाली चलचित्रका निर्देशक अरुण कुमार झाको निधन भएको छ । हृदयघातमा कारण आइतबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा ७२ बर्षको उमेरमा उनको निधन भएको झाका मित्र बरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताए ।

सन् २००० मा चलचित्र ‘सोल्टिनी’ निर्माण तथा निर्देशन गरेयता चलचित्र क्षेत्रमा नदेखिएका झा लामो समयदेखि रोगबाट ग्रसित थिए । दोश्रोपटक हृदयघात भएपछि उनलाई आइतबार बिहानै अस्पताल पुर्याईएको थियो । झाको अन्त्येष्टी आइतबार नै पशुपति आर्यघाटमा हुनेछ ।
सप्तरीको राजबिराज स्थायि घरभएका झा पछिल्लो समय काठमाडौँको डिल्लीबजारमा बस्दै आएका थिए ।
झाले चलचित्रका अलावा केहि टेलिफिल्म तथा वृत्तचित्रहरु निर्देशन गरेका थिए ।