काठमाडौँ ।
दन्त चिकित्सक डा. कपिल रिजाल निर्देशित चलचित्र ‘ह्यारी कि प्यारी’को ट्रेलर सार्वजनिक भएको छ । माघ २० गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रको ट्रेलर आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच रिलिज गरिएको हो ।

ट्रेलरमा व्यंग्य, रोमान्स र पीडालाई एकसाथ देख्न सकिन्छ । यो चलचित्रमा जितु नेपाल, साम्राज्ञी राज्य लक्ष्मी शाह, बिजय बराल लगायतको प्रमुख अभिनय रहेको छ । बिआर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा अन्य कलाकारहरु लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतको पनि अभिनय रहेको छ ।
डा. रिजालले लेखेको कथामा सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल र अभिमन्यू निरवीले संयुक्त पटकथा तथा संवाद लेखेका छन् । कपिल बरिष्ठ चिकित्सक एवं गीतकार डा. भोला रिजालका छोरा हुन् ।
ट्रेलरः