काठमाडौँ ।
शोभित बस्नेतले प्रस्तुत गर्ने तथा टेक पौरखी राईले निर्देशन गर्ने नेपाली चलचित्र ‘जय हो’मा अभिनेता अर्पण थापाले अभिनय गर्ने भएका छन् । सोमबार निर्माण कम्पनि सलोन सलिना फिल्म्स र थापाबीच यसबारे लिखित सम्झौता भएको छ ।

यो चलचित्रमा सलोन बस्नेत सँगै थापाको प्रमुख भुमिका हुने जनाईएको छ । माघ अन्तिम सातादेखि छायांकनमा जाने तयारीमा रहेको यो चलचित्रमा एक्सन तथा लभस्टोरी देख्न पाईने बताईएको छ । राज के अधिकारी र सुरज सरकार निर्माता रहेको चलचित्रमा शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत रहनेछ ।


