चलचित्र कलाकार संघको नेतृत्व गर्न पाँच जनाको दाबी



काठमाडौँ ।
आगामी चैत्र ४ गते हुने नेपाल चलचित्र कलाकार संघको निर्वाचनबाट संघको नेतृत्व सम्हाल्न पाँच जनाको दाबी देखिएको छ । १९ औँ अधिवेशनमार्फत चुनिने कार्यकारिणी समितिको अध्यक्ष पदको लागि वर्तमान उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौलाले पहिलो दाबी प्रस्तुत गरेका थिए ।

हालसम्म उक्त पदमा निरौलासहित वर्तमान अध्यक्ष रबिन्द्र खड्का, वर्तमान उपाध्यक्ष रेजिना उप्रेती, सविन श्रेष्ठ र सुशान्तकुमार श्रेष्ठले दाबी गरेका छन् । वि.सं. २०४५ भदौ २३ गते स्थापित संघको यसअघि २०७६ जेठ २५ गते भएको कार्यसमितिको निर्वाचनबाट अध्यक्षमा रविन्द्र खड्का चुनिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu