काठमाडौँ ।
‘नांगो गाउँ’ छायांकनको तयारीमा रहेका दिपेन्द्र लामाले अर्को नयाँ चलचित्रको निर्देशन गर्ने भएका छन् । नाम जुराउन बाँकी उक्त चलचित्रको लागि उनले निर्माता हरि मल्ल ठकुरीसँग सम्झौता गरेका छन् ।
यो चलचित्रमा आफ्नै लेखन र निर्देशन रहने लामाले पुष्टी गरेका छन् । जिएम ठकुरी र समीर घले सहनिर्माता रहने उक्त चलचित्रको छायांकन ‘नांगो गाउँ’ पछि हुने सोसल मिडिया फेसबुकमार्फत उनले जनाएका छन् ।

लामाकै लेखन-निर्देशन, हिमाल शर्माको निर्माण तथा दयाहाङ राई, मिरुना मगर र शिशिर बाङ्देलको मुख्य भूमिका रहने ‘नांगो गाउँ’को आगामी चैतमा छायांकन हुँदैछ ।
लामाले पछिल्लो समय निर्देशन गरेको ‘२ नम्बरी’ बक्स अफिसमा सुपरहिट भएको थियो । त्यस्तै, उनका ‘घामपानी’ र ‘छ माया छपक्कै’ले पनि बक्स अफिसमा उछाल ल्याएका थिए ।