काठमाडौँ ।
चलचित्र ‘गुञ्जन’ को नयाँ गीत ‘केबल तिम्रै तिर’ सार्वजनिक गरिएको छ । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने यस चलचित्रको गीतमा चलचित्रका मुख्य कलाकारहरु अभिनेत्री सारा सिर्पाइली र प्रितमराज सेन्चुरीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।
निशान भट्टराई र श्रेया सोताङको स्वर, रवि मल्लको शब्द तथा कल्याड सिंहको संगीत रहेको गीतमा कोरियोग्राफी कबिराज गहतराजको रहेको छ ।

अष्ट महर्जनको निर्देशन रहेको चलचित्रमा सारा र प्रितमको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङतान, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतका कलाकारको अभिनय छ । हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्र ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।
गीत हेर्नुहोस्ः