काठमाडौँ ।
अनमोल केसीको मुख्य भुमिका रहेको चलचित्र ‘छड्के २’को गीतमा चर्चित र्यापर समीर घिसिङ्ग उर्फ भिटेनले रेकर्ड गरेका छन् । आगामी फागुन १९ गतेबाट रिलिज हुने प्रतिक्षामा रहेको ‘छड्के २’ ‘रिभेन्ज ग्याङस्टर’ चलचित्र हो । उक्त गीतमा शब्द रचना तथा संगीत पनि भिटेनले नै दिएका छन् ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएको यो चलचित्रमा अनमोलका अलावा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर लगायत मुख्य भूमिकामा छन् ।
यो चलचित्र अनमोलका लागि अत्यन्त महत्वपूर्ण रहेको छ । उनले आफुलाई भर्सटाइल अभिनेताको रुपमा प्रमाणित गर्न यो चलचित्र सुपरहिट बनाएर मात्र हुनेछैन । उनले आफ्नो अभिनय कौशलता पनि देखाउनु पर्ने दबाबमा उनि छन् ।