काठमाडौँ ।
दुई नयाँ नेपाली चलचित्रहरु चलचित्र हलमा रिलिज भएका छन् । साम्राज्ञी राज्य लक्ष्मी शाह र पुष्प खड्का स्टारर ‘तिम्रो मेरो साथ’ र सारा सिर्पाइली र प्रितम सेन्चुरी स्टारर ‘गुन्जन’ नेपालभरका हलमा एकसाथ रिलिज भएका हुन् ।
यि दुवै चलचित्रहरु नयाँ निर्देशकद्वारा बनाईएको हो । ‘तिम्रो मेरो साथ’लाई लामो समयदेखि चलचित्र निर्माण गरिरहेका रमेश एमके पौडेल आँफैले पहिलो पटक निर्देशन गरेका हुन् । उनले आफ्नै श्रृजनामा लगानी गरी सकारात्मक नतिजा पाउने कोशिस गरेका छन् ।

त्यस्तै, झण्डै दुई दशक नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गरेका अष्ट महर्जनले ‘गुन्जन’ निर्देशन गरेका छन् । उनले आफ्नो लामो अनुभवलाई चलचित्रको क्याप्टेन बनेरै देखाउने सुरमा यो चलचित्र निर्देशन गरेका हुन् ।
यि दुई नयाँ चलचित्रसँगै पहिले नै रिलिज भएका हलिउड चलचित्र ‘अवतार: अ वे अफ वाटर’ र नेपाली चलचित्र ‘चि मुसी सि’ले पनि केहि शोहरु पाएका छन् ।