काठमाडौँ ।
जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर नेपाली चलचित्र ‘ह्यारीकी प्यारी’को टिम प्रचारका लागि काठमाडौँ उपत्यका बाहिर निस्किएको छ । पश्चिम नेपालको नेपालगन्जदेखि अनौपचारिक रुपमा सुरु भएको भ्रमण चितवनबाट औपचारिक रुपमा अगाडी बढ्ने जनाईएको छ ।

जितु र साम्राज्ञी सहित चलचित्रको टिम शनिबार बिहान चितवन पुगेको थियो । शनिबार नै साम्राज्ञी र जितु सहित विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाल, गायक सपन कुमार राई, सुविन सिंह, गायिका बेनिशा पौडेल र निर्देशक डा. कपिल रिजाल लगायत नारायणगढमा चलिरहेको चितवन महोत्सवमा सहभागि भएका छन् । चितवनमा सन्चारकर्मीसँग अन्तरक्रियाको कार्यक्रम पनि रहेको छ ।
माघ ७ गतेसम्मको तालिका अनुसार चितवनपछि पर्साहुँदै पोखरा, बेनी, बुटवल, हेटौंडा, विराटनगर, धरान, इटहरी, दमक र अन्तिममा विर्तामोडसम्म रहेको छ ।
यो चलचित्र माघ २० देखि देशैभर प्रदर्शनमा आउनेछ ।


