काठमाडौँ ।
सौरभ चौधरीले निर्देशन गर्ने एक्शन चलचित्र नेपाली चलचित्र ‘द अनब्रेकेबल अगस्त्य’मा अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहने भएको छ । माघे संक्रान्तिको अवसरमा सार्वजनिक पोस्टरमा मल्ललाई राखिएको छ । पोस्टरमा उनलाई ‘मिस्टर भर्सटाईल’ ट्याग दिईएको छ ।
यो चलचित्रको छायांकन आगामी बैशाखदेखि नेपालमा काठमाडौं र नवलपरासी साथै भारतमा गोरखपुर र वनारसमा गरिदैछ । दुई भागमा रिलिज हुने यो चलचित्रमा केहि भारतीय कलाकारहरुको पनि अभिनय रहने निर्देशक चौधरीले बताए ।
