‘भष्मे डन’मा स्वस्तिमा



काठमाडौँ ।
दीपेन्द्र के. खनालले निर्देशन गर्ने चलचित्र ‘भष्मे डन’मा नायिका स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छन् । आइतबार निर्माण टिम र खड्काबीच लिखित सम्झौता भएको छ ।

२०७२ को चर्चित चलचित्र ‘पशुपति प्रसाद’को चर्चित पात्र ‘भष्मे डन’ माथी बन्ने यो चलचित्र निर्देशक खनाल र अभिनेता खगेन्द्र लामिछानेले बनाउँदैछन् । यो चलचित्रका प्रमुख पात्र ‘भष्मे डन’ अर्थात विपिन कार्की हुन् । विपिन र स्वस्तिमासँगै सौगात मल्ल, रविन्द्रसिंह बानियाँ, प्रकाश घिमिरे लगायतको पनि अभिनय रहनेछ । यद्यपी मल्लसँग भने लिखित सम्झौता भएको छैन ।

‘पशुपति प्रसाद’का प्रमुख कलाकार खगेन्द्र लामिछाने भने यो चलचित्रमा अभिनेताको रुपमा रहनेछैनन् । उनि लेखक र निर्माताको रुपमा मात्र रहनेछन् । आगामी दशैंमा चलचित्र रिलिजको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu