एक महिनामा पुष्पका दुई चलचित्र, ‘मनसँग मन’को टिजर सार्वजनिक



काठमाडौँ ।
अभिनेता पुष्प खड्काको चलचित्र ‘तिम्रो मेरो साथ’ यो हप्ता देशभर रिलिज भएको छ । यसैबीच उनि अभिनित अर्को चलचित्र ‘मनसँग मन’को टिजर रिलिज भएको छ । यो चलचित्र यहि माघ २७ गरे रिलिज हुँदैछ । यो चलचित्र रिलिजसँगै एक महिनामा पुष्पका दुई चलचित्र रिलिज हुनेछन् ।

यो चलचित्रमा पुष्पसँगै नायिका बर्षा सिवाकोटीको अभिनय रहेको छ । खासै चर्चा नभएको यो चलचित्रको रिलिज मितिसँगै टिजर रिलिज भएपछि लामो समय ग्यापमा रहेकी सिवाकोटीलाई पर्दामा हेर्न पाईने पक्का भएको छ ।

अर्को रोचक कुरा के छ भने यो चलचित्रको एक गीतमा नायिका पूजा शर्मा र अहिले जेलमा रहेका नायक पल शाहले नृत्य गरेका छन् । यो चलचित्रमा बर्षा र पुष्पको अलवा वुद्दि तामाङ र रविन्द्र झाको मुख्य भूमिका रहेको छ । चलचित्रका निर्देशक कैलाश राई हुन् ।

टिजर हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu