अष्ट्रेलियाको ठूलो शहर सिड्नी नाममा नेपाली चलचित्र बन्ने



काठमाडौँ ।
ठुलो संख्यामा नेपाली विद्यार्थीहरु रहेको अष्ट्रेलियाको ठूलो शहर सिड्नी नाममा नेपाली चलचित्र बन्ने भएको छ । आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी देव कुमार श्रेष्ठले निर्देशन गर्ने ‘सिड्नी’को औपचारिक जानकारी गराईएको छ ।

एक्सन तथा थ्रिलर जनरामा बन्ने यो चलचित्रमा सविन श्रेष्ठ र रीमा विश्वकर्माको प्रमुख अभिनय रहनेछ । ओमाईगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त ब्यानरमा निर्माण हुने चलचित्रको २० प्रतिशत नेपालमा र ८० प्रतिशत सिड्नीमा छायांकन हुने बताईएको छ । यसमा नेपालदेखि अष्ट्रेलियासम्मको कथा रहने निर्देशक श्रेष्ठले बताए ।

अम्बर रसाइली प्रस्तुतकर्ता रहेको चलचित्रको निर्मातामा चोला बहादुर आचार्य र भीमराज रसाइली छन् । युगलध्वज कार्कीको लेखन रहेको चलचित्रलाई हरि बहादुर घलेले छायांकन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu