अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतद्वारा सफाई



काठमाडौँ ।
अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले नाबालिका गायिका बलात्कारको आरोपमा सफाई दिएको छ । न्यायधीश कोमलप्रसाद आचार्यको इजलासले मंगलबार दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको बताईएको छ ।

शाहमाथि बालिकालाई बलात्कार गरेको आरोप लगाउँदै नवलपुर र तनहुँ जिल्ला अदालतमा एकसाथ मुद्दा दायर गरिएको थियो । उनि हाल बाल यौन दुरुपयोग आरोपमा जेलमा रहेका छन् । यसअघि जिल्ला अदालत नवलपुरले उनलाई नाबालिका यौन दुरुपयोग गरेको ठहर गर्दै २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो । यहि फैसलाका कारण उनि जेलमुक्त हुनेछैनन् ।

शाहले यसअघि नै नवलपुर अदालतको फैसला विरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् । साथै, सहयोगी बनेको आरोप लागि धरौटीमा छुटेका शाहका म्यानेजर कृष्ण जोशीले पनि सफाई पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu