‘भगवत् गीता’मा बिपिन पनि



काठमाडौँ ।
झरना थापाले निर्देशन गर्ने चलचित्र ‘भगवत् गीता’मा अभिनेता बिपिन कार्की अनुबन्धित भएका छन् । माघ २० गतेदेखि छायांकनमा जान लागेको यो चलचित्रमा यसअघि सुहाना थापा र धिरज मगरले काम गर्ने पक्का भईसकेको थियो ।

यि तीन कलाकारहरु चलचित्रका प्रमुख पात्र हुन् । जनकपुर र मनाङमा छायांकन हुने यस चलचित्रमा स्थानिय कलाकारहरुको पनि अभिनय रहनेछ ।

यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गर्दैछन् । यसअघि नायक अनमोलले यो चलचित्रमा अभिनय गर्ने चर्चा चलेको थियो । केसी र सुहानाले ‘ए मेरो हजुर ३’मा काम गरेका थिए ।

झरना आगामी नयाँ बर्षमा यो चलचित्र रिलिजको तयारीसहित छायांकनमा जान लागेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu