अभिनेता बन्दै गायक स्वप्न सुमन, अडिशन दिएर दिनेशको चलचित्र छानिए



काठमाडौँ ।
प्रसिद्द गायक स्वप्न सुमनले चलचित्रमा अभिनय गर्ने भएका छन् । फरक चलचित्रमा काम गर्न रुचाउने निर्देशक दिनेश राउतले निर्देशन गर्ने एक चलचित्रमा उनि प्रमुख भुमिकामा छानिएका हुन् ।

उनले नाम सार्वजनिक नगरिएको उक्त चलचित्रको लागि अडिशन दिएका थिए । उनिसँग ६ महिना अगाडी नै सम्झौता भएको लेखक विकास सुबेदीले बताए । चलचित्रलाई सुहाउने चरित्र खोज्ने क्रममा स्वप्नसँग अडिशन लिएको सुवेदीले बताए । यो चलचित्रको लागि स्वप्नले केहि समय अभिनय कक्षा समेत लिएका थिए ।

‍निर्देशक दिनेश राउत र गायक स्वप्न सुमन

लेखक सुवेदीले यो चलचित्रमा शहरी क्षेत्रको कथा रहने पुष्टी गरे ।”शहर भन्ने बित्तिकै हामीले विकसित ठाउँको रुपमा लिन्छौँ । वास्तविक शहर बन्न भौतिक विकास भएर मात्र हुँदैन, त्यहाँ रहने मानिसहरुको चेतनाको पनि विकास हुनु जरुरी छ । त्यसकै कमजोरी यो चलचित्रमा पाईनेछ”, ठुलोपर्दासँग कुरा गर्दै उनले भने, “आवरणमा हाम्रो समाज जस्तो देख्छौँ वास्तविकतामा त्यस्तो छैन । हामीले चलचित्रमार्फत त्यहि नै देखाउने छौँ ।” सुवेदीले कथामा प्रेम र समाजको सामञ्जस्यको प्रश्न रहेको उल्लेख गरे ।

छायांकन वैशाखदेखि सुरु हुने चलचित्रकी नायिका भने छनौट हुन बाँकी नै छ । चलचित्रको रिलिज योजना आगामी दशैँमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu