रुद्राक्षको बिरुवा दिएर मेयर साम्पाङको हौसला बढाउँदै साम्राज्ञी



काठमाडौँ ।
चलचित्र प्रचारको लागि काठमाडौँ उपत्यका बाहिर रहेको ‘ह्यारीकी प्यारी’ टिमले चर्चित मेयर हर्क साम्पाङलाई भेटेका छन् । धरान उपमहानगरपालिका मेयरसँगको भेटको क्रममा सय वटा रुद्राक्षको बिरुवा दिईएको छ ।

बिहिबार कलाकारहरु जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, डिओपी सुदिप बराल र निर्देशक डा. कपिल रिजाललगायतको टिमले धरानस्थित श्रम संस्कृति पार्कमा बिरुवा प्रदान गरेका हुन् । निर्देशक रिजालले आफ्नो बाल्यकाल बितेको धरानमा राम्रो काम गरिरहेका मेयरबाट प्रभावित रहेको कारण भेट गर्न पुगेको र हामी नरहेपनि रुख रहिरहने भएको कारण बिरुवा प्रदान गरेको बताए ।

अभिनेत्री शाहले मेयर साम्पाङको काममा हौसला बढाउन बिरुवा सहयोग गरेको बताईन् । सो क्रममा अभिनेता जितु नेपालले साम्पाङलाई परिस्थितिले बनाएको रियल हिरोको उपमा दिए ।

मेयर साम्पाङले राम्रो उपहार प्रदान गरेकोमा धन्यवाद दिँदै चलचित्रलाई सफलताको शुभकामना व्यक्त गरे । उनले श्रमदानले विकास, समाज र स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए ।

‘ह्यारीकी प्यारी’ माघ २० देखि देशभर प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu