निशानले ‘मीरा’मा अभिनय गर्ने, व्यापारीको भुमिकाको लागि गरे सम्झौता



काठमाडौँ ।
अभिनेता निशान चौहानले नयाँ चलचित्र ‘मीरा’मा अभिनय गर्ने भएका छन् । शुक्रबार लिखित सम्झौता गर्दै चौहानले आफुले प्रमुख भुमिकामा रहेर उक्त चलचित्रमा अभिनय गर्ने बताए ।

फेब्रुअरी १५ बाट छायांकनमा जाने उक्त चलचित्रलाई अनिता पण्डितले आश्वी फिल्मसको ब्यानरमा निर्माण तथा निर्देशन गर्दैछिन् । उक्त चलचित्रमा केहि चलचित्रहरु निर्देशन गरेका शंकर कार्की लाइन प्रोड्युसरको रुपमा रहेका छन् ।

‘मीरा’मा एक व्यापारीको भुमिकामा अभिनय गर्न लागेको निशानले यसअघि ‘डेसान’ चलचित्रमा अभिनय गरेका थिए । उनी ‘म्यानहन्ट नेपाल २०१६’ का मिष्टर पर्सनालिटी र ‘टप मोडल नेपाल २०१८’ का विजेता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu