महर्जनको उपचारमा प्राविधिक संघको आर्थिक सहयोग



काठमाडौँ ।
नेपाल चलचित्र प्राविधिक संघले उपचाररत वरिष्ठ चलचित्र प्राविधिक मोहन महर्जनलाई आर्थिक सहयोग प्रदान गरेको छ । पेटको आन्द्रा र मृगौलाको समस्याबाट पीडित महर्जनलाई वीर अस्पताल पुगी संघका अध्यक्ष पुष्कर लामाको नेतृत्वमा ३५ हजार रुपैयाँ प्रदान गरिएको हो ।

चार दिनदेखि अस्पतालमा रहेका उनि चलचित्रका छायाँकार तथा प्रकाश ब्यवस्थापक हुन् । उनि बि.सं. २०४८ सालमा बनेको चलचित्र ‘भाग्यरेखा’ देखि नै नेपाली चलचित्रमा सक्रिय रहँदै आएका छन् ।

सहयोग प्रदान गर्दै अध्यक्ष लामाले श्रमजीवि प्राविधिकलाई आपत परेको बेला सदैव संघ सहयोगको लागि तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu