बियोन्सेले तोडिन ग्रामी अवार्डको ‘अलटाइम रेकर्ड’, भनिन्, “सम्हालिन खोज्दैछु’



३२ वटा ट्रफिहरु जित्दै सुपरस्टार अंग्रेजी गायिका बियोन्सेले ग्रामी अवार्डमा रेकर्ड तोडेकी छन् । गएराती भएको अवार्डपछि जर्ज सोल्टीलाई उछिन्दै बियोन्से ग्रामी इतिहासमा सबैभन्दा बढि अवार्ड प्राप्त गर्ने कलाकार बनेकी हुन् ।

बियोन्सेले २०२३ को ग्रामी अवार्डमा उत्कृष्ट डान्स/इलेक्ट्रोनिक एल्बमबाट उत्कृष्ट घोषित भईन् । उनलाई अवार्ड प्रदान गर्दै अभिनेता जेम्स कर्डेनले बियोन्सेलाई अवार्ड प्रदान गर्दै भने, “हामीआज राती इतिहासको साक्षी बनेका छौं।”

अवार्ड लिँदा भावुक बनेकी बियोन्सेले आफुले सम्हालिन कोशिस गर्ने बताईन् । उनले भनिन्, “मलाई रक्षा गर्नुभएकोमा म भगवानलाई धन्यवाद दिन चाहन्छु।”

उनि यस वर्ष नौ विधामा मनोनित भएकी थिइन् । बियोन्सेले हंगेरी–ब्रिटिस कन्डक्टर जर्ज सोल्टीको कीर्तिमानलाई उछिनेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu