भारतको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली गीत ‘रेलको बाटो’ बन्यो उत्कृष्ट, अन्य अवार्ड पनि जित्यो



काठमाडौँ ।
भारतको प्रतिष्ठित चलचित्र महोत्सव मध्ये एक ‘बाबासाहेब डा. बी.आर. अम्बेडकर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को तेस्रो सँस्करणमा लक्ष्मण सुनार निर्देशित चर्चित नेपाली म्युजिक भिडियो ‘रेलको बाटो’ उत्कृष्ट भएको छ। साथै उत्कृष्ट भिडियो निर्देशक, उत्कृष्ट शब्द रचना, उत्कृष्ट अभिनेता र उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि जितेको छ।


‘रेलको बाटो’ महोत्सवको प्रेरक म्युजिक भिडियो श्रेणी अन्तर्गत विजेता बनेको हो । यो भिडियो मार्च २१, २०२१ मा यूट्युबमार्फत रिलिज भएको थियो।

यसमा लेखराज गिरीको शब्द एवं सुरज पण्डितको स्वर तथा संगीत रहेको छ भने भिडियोमा चिरिन्जिवी सापकोटा, सरस्वति खत्री र लक्ष्मण देवकोटाको अभिनय रहेको छ । गीतको अडियो तथा भिडियोमा नेपालको विकट स्थानहरुको सडकहरुको दयनिय अवस्था र राज्यले बाँडिरहेको रेलको सपनाबारे उल्लेख गरिएको छ ।

कुनै पनि देशका कुनै पनि भाषामा बनेका फिचर चलचित्र, लघु चलचित्र, वृत्तचित्र तथा प्रेरक म्युजिक भिडियोले उक्त महोत्सवमा भाग लिन पाउँछन् । यो महोत्सव फेब्रुअरी २१ देखि २३ सम्म भारतको महाराष्ट्रमा आयोजना भएको थियो ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu