‘पुष्पा २’को टिजरमा अल्लु अर्जुनको शानदार कमब्याक



अन्ततः ‘पुष्पा’ उर्फ अल्लु अर्जुनको पुनरागमन भएको छ । अल्लुको जन्मदिनको पूर्वसन्ध्यामा बहुप्रतिक्षित दक्षीण भारतीय चलचित्र ‘पुष्पा २: द रुल’को टिजर रिलिज भएको छ ।

टिजरको सुरुवातमा पुष्पा जेलबाट भागेपछि प्रहरीले खोजिरहेको, यसबारेमा रिपोर्टिङ्ग भईरहेको, पुष्पाको समर्थनमा दंगा मच्चिरहेका दृश्यबाट भएको छ भने अन्त्यमा पुष्पाको रूपमा अल्लु अर्जुनको सिसिटिभि दृश्य देखिन्छ । बाघसमेत पछि हटेको देखाईएको टिजरबाट पुष्पाको ‘पावर’ प्रस्तुत गरिएको छ ।

भ्वाइसओभरले पुष्पालाई सबैभन्दा ‘खतरनाक’ तरिकामा वर्णन गरेको छ । भनिएको छ, “अगर जंगल मे कोई जानवर दो कदम पिछे ले तो समझ शेर आया है, लेकिन जान शेर ही दो कदम पिछे ले तो समझ पुष्पा आयो (जब जंगलमा जनावरले दुई पाइला पछाडी चाल्छ, सम्झनु शेर आयो तर जब शेर नै पछाडि सर्छ, सम्झनु पुष्पा आयो)।” टिजरको यो भ्वाइसओभरपछि पुष्पाले आफू शासनमा फर्किएको घोषणा गर्छन् ।

टिजर हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu