अमेजनले १७ मिलियन डलरमा किन्यो नेपालको कथामा बन्ने हलिउड चलचित्र ‘आइस रोड २’



काठमाडौँ।
अमेजन प्राइमले नेपाली कथामा नेपालमा नै छायाङ्कन हुन लागेको चलचित्र ‘आइस रोड २: रोड टु द स्काई’ को अन्तर्राष्ट्रिय स्ट्रिमिङ अधिकार खरिद गरेको छ। जारी रहेको कान्स फिल्म फेस्टिभलको दौरान अमेजनले १७ मिलियन डलरको सम्झौता गरेको छ ।

बताईए अनुसार अमेजनले जर्मनी बाहेक अन्य देशहरूमा यो चलचित्रको स्ट्रिमिङ अधिकार किनेको हो। अन्तराष्ट्रिय मिडियाहरुमा यसको खबर फैलिएको छ। यद्यपि अभिनेता लियान नीसन र फिल्मका निर्माताहरूले यो समाचार अस्वीकार गरेका छन्।

चलचित्रमा अभिनेता लियान नीसनले खतरनाक र हिलो इलाकामा एक्शन दृश्य प्रदर्शन गर्नेछन्। सन् २०२४ मा निर्माण हुने यो चलचित्र सगरमाथा क्षेत्र र नेपालको पहाडी क्षेत्रमा छायाङ्कन हुनेछ।

चलचित्रमा लियान नीसन आफ्नो दिवंगत भाइको अन्तिम इच्छा स्वरुप अस्तु विसर्जन गर्न सगरमाथा क्षेत्रको यात्रामा आउनेछन्। यसलाई जोनाथन हेन्सले निर्माण तथा निर्देशन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu